उमेश बि.क / नवलपरासी, ९ जेठ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा प्रथम रामग्राम साँस्कृतिक मेला उदघाटन गरिएको छ।
रामग्राम नगरपालिका वडा नम्बर २ कार्यालयकाे अायाेजना तथा रामग्राम नगरपालिकाकाे संरक्षक्तव एवं जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवलकाे ब्यवस्थापनमा मेला सन्चालन सुरु भएको हाे।

रामग्रामका नगरप्रमुख धनपत यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेकाे प्रमुख अातिथ्यतामा भएको मेला उदघाटन समारोहलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले संस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न बताउनुभयो।

नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो, त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ, वहाँले भन्नुभयो, धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ, यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ, तर त्यसका लागि नगरपालिका र स्थानियबासी सक्रिय र जागरुक बन्नु आवश्यक छ । वहाँले प्राचिन बुद्ध संस्कृतिको जगेर्नासँगै परापुर्वकाल देखी रहेको संस्कृतिको जगेर्ना गर्ने, संरक्षण र सम्बद्र्धन गर्नमा यस्तो साँस्कृतिक मेलाको ठूलो योगदान हुने बताउनुभयो ।
त्यस्तै मेला उदघाटनमा लुम्बिनी प्रदेश साँसद खड्क बहादुर बस्नेतले अगामी दिनमा यसलाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजान र त्यसमा स्थानिय तहसँगै लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि सहभागिता जनाउने प्रतिवद्धता जनाउनु भएको थियो।

कार्यक्रममा नेपाली काँग्रेसका नेता विक्रम यादव, परासी प्रेस क्लबका अध्यक्ष बेचु गौडले मेलाकाे पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
जेठ २० गतेसम्म सन्चालन हुने उक्त मेलामा बाल उद्यान, विभिन्न स्टलहरुसँगै नेपाली तथा भोजपुरीका स्टार कलाकारहरुको प्रस्तुति रहने छ । मेला भित्रै कुस्ति समेत सञ्चालन हुने छन् ।

नगर उपप्रमुख सम्झना चौधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको मेला उदघाटन समारोहकाे कार्यक्रम सन्चालन सञ्जय शर्माले गर्नुभएको थियो । भने मेलाको समायोजन वडा नं. २ का वडा अध्यक्ष निरज रौनियारले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

