उमेश बि.क / नवलपरासी , ९ जेठ
नेपाल पत्रकार महासंघ नवलपरासीले महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ।
सुनवल नगरपालिकाकाे सहयोग तथा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकाे आयोजनामा उक्त क्षमता अभिवृद्धि तालिम मंगलबार एक कार्यक्रम बिच सुनवलमा उदघाटन गरि सुरु गरिएको हाे।
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा रहेको थियो ।

नगरप्रमुख अर्यालले सत्य, निष्पक्ष र सत्यतामा आधारित रहेर समाचार सम्प्रेषण गर्न सम्पुर्णमा आग्रह गर्नुभयो । पत्रकारिता क्षेत्रमा महिलाको अभाव र सरल पहुँच नपुग्नु वर्तमान समयमा महिलाका लागि निकै चुनौती रहेको अर्यालले बताउनुभयो । राज्यको चौथो अङ्गको रुपमा मानिने सञ्चार माध्यमलाई सकारात्मक सोचका साथ अघि वढाउन नगरले कुनै कसर बाकी नराख्ने अर्यालले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेले पालिकामा परिणाम मुखि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका ३५ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो । ४ दिनसम्म संचालन हुने तालिमको सहजिकरण कान्तिपुर पत्रिकाका बुटवल ब्युरो प्रमुख सन्जु पौडल, पत्रकार इन्दिरा अर्याल लगायतले गर्नु हुने महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका पूर्व सभापति केशव पराजुली, महासंघका पुर्व केन्द्रीय सदस्य पुरूषोत्तम सुवेदी, प्रेस चौतारी नेपालका अध्यक्ष मेघराज गौतम, संञ्चारीका समूह नवलपरासीकी संयोजक विष्णु खनाल, पूर्व पत्रकार रेशम शर्मा , महाकाली—मेची साईकल यात्री पत्रकार इन्दिरा बि.क. लगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

