वीरगंज ,९ जेठ
पर्सा प्रहरीले वीरगंजबाट ७२ लाख रुपैयाँ बराबरको औषधी, हाडयेवर तथा खुद्रा सामानहरु सहित ट्रक पक्राउ गरेको छ।
वीरगंजबाट बाके तर्फ जाँदै गरेको मालबाहक ट्रकलाई प्रहरीले वीरगंजको बसपार्कबाट बिलबिजक भन्दा बढीको औषधी , हाडयेवर तथा खुद्रा सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंजको बसपार्कमा ना६ ख ३३८८ नम्बरको ट्रकलाई रुकी चेकजाँच गर्दा बिलबिनक भन्दा बढीको सामानहरु बोकेको मालबाहक ट्रकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
पक्राउ परेको मालबाहक ट्रकलाई आवशयक कारबाहीको लागि राजस्व कार्यालय पथलैयामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

