राष्ट्रिय दैनिक / नवलपरासी , ८ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा सम्सुदिन धुनिया चयन भएका छन ।
अाइतबार भएको बाल बेलाले धुनियाकाे अध्यक्षतामा ११ सदस्यीय बाल सञ्जाल गठन भएको हो ।

जसको उपाध्यक्षमा दिलमाया चौधरी, सचिवमा प्रियंका यादव, सहसचिवमा भोला कोईरी, कोषाध्यक्षमा दिपक कोईरी चयन हुनुभएको छ भने सदस्यहरुमा दिवस भुसाल, आर्यन चौधरी, अनिषा मुराउ, सारदा पाण्डे, रञ्जना हरिजन, कल्पना हरिजन रहनुभएको छ ।
भेलामा सरावलका सातै वडाबाट बालबालिकाको सहभागिता रहेको थियो । उक्त अवसरमा बेस नेपालका शालिकराम पोखरेल र गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख खेमनारायण खनालले प्रशिक्षण समेत दिनुभएको सन्जय माैर्यले जानकारी दिनु भएको हाे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बालबालिकालाई शासकीय पद्धतिमा सहभागि बनाउँदै उनीहरुको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन गाउँपालिकाले बालमैत्री अभियानलाई आत्मसाथ गरि अघि बढीरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डे, योजना शाखा प्रमुख ईश्वरी खनाल, महिला तथा बालबालिका शाखा प्रमुख खेमनारायण खनाल लगायतको सहभागिता रहेको थियो ।

आगामी २०८३ सालभित्र पालिकालाई बालमैत्री पालिका बनाउने सरावल गाउँपालिकाको तयारी छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

