Rashtriya Dainik

गण्डक नदी नियन्त्रण संघर्ष समितीले २१ बुदे सहमतिको पालना गर्ने क्रम सुरु

अारपि उपाध्याय / नवलपरासी ,७ जेठ

गण्डक नदी नियन्त्रण संघर्ष समिती पश्चिम नवलपरासीले २०६५ सालमा गरेको आन्दोलन पछि भारतीय पक्ष बाध्य भएर गरेको २१ बुदे सहमतिको पालना गर्ने क्रम सुरु हुन थालेको छ ।

गण्डक पिडितहरुले गरेको ३४ दिनको कठोर आन्दोलन पश्चात् भारतीय सिचाइ विभागले नेपाली भुमिबाट बग्ने पहाडी खोलाको पानी व्यवस्थापन,सड्क मरम्मत र बिग्याप बाधमा रहेको ठोकर र तटबन्ध लगायत निर्माण कार्य सुरु गर्दै आएको छ।

पछिल्लो समययता सुस्ता गाउँपालिका अन्तर्गत रहेको बिग्याप बाधको चौडाइ र उचाई बढाउने कार्यलाई हाल उत्तर प्रदेश सिचाइ कार्यालयले प्राथमिकतामा राखी सो कार्यको लागि टेन्डरद्वारा निर्माण कार्य अगाडी बढाउन थालेको बुझिएको छ।
वर्षाको समय आउन केही समय बाकी रहदा बिग्याप बाधको चौडाइ र उचाई बढाउन चाहिने गिट्टी,ढुङ्गा,बालुवा उपलब्ध गराउने बारे विवाद चुलिएको जानकारीमा आएको छ।

भारतिय पक्षले नेपाल भुमिमा निर्माण कार्य गर्दा नेपाली पक्षले प्रकृया अनुसार बालुवा,ढुङ्गा उपलब्ध गराउन पर्नेमा नेपाली पक्षबाट नदीजन्य सामाग्री उपलब्ध नगराइएको भनी भारतिय ठेकेदार र प्राविधिकहरुले निर्माण कार्य बन्द गर्ने धम्की दिन थालेको बुझिएको छ।

बिग्याप बाधमा हुने निर्माण कार्य वर्षा पुर्व नै नभए बाध भत्किन सक्ने सम्भावना बढ्ने र ठूलो धनमालको क्षती हुन सक्ने अवस्था रोक्न समयमै निर्माण सामाग्री उपलब्ध गराउन स्थानिय स्तरबाट दबाव मुलक कार्य हुन थालेको पनि जानकारीमा आएको छ।

गण्डक पिडितहरुको प्रतिनिधिमुलक संस्था गण्डक नदी संघर्ष समितीले आवश्यक समन्वय गर्न सरोकारवाला निकाय सङ्ग समन्वयको प्रक्रिया अगाडी बढाएको छ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितीको कार्यालय र सिचाइ डिभिजन कार्यालय सेमरीलाई आवश्यक समन्वय गर्न पत्रचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले विधि र प्रक्रिया अनुसार निर्माण कार्य गर्न समन्वयकारी भुमिका निर्वाह गर्ने आश्वासन दिनुभयो।

उता जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादवले भारतिय पक्षले निर्माण कार्यको कुल लागत स्टिमेट नेपाली पक्षलाई दिइनुपर्ने र निर्माण कार्यले निरन्तरता पाउन आफुले समन्वय कारी भुमिका निर्वाह गर्ने बताउनु भयो।

गण्डक क्षेत्रमा हुने मर्मद निर्माण कार्यमा सम्पर्क तथा भुआर्जन अधिकृतले नेपाल भारत बिच समन्वयकारी भुमिका नखेलेको भनी संघर्ष समितिले आरोप लगाएको छ।

बिग्याप बाधमा हुने निर्माण कार्य अहिले नभए कहिले नहुने भन्ने निष्कर्ष पनि गण्डक पिडितहरुले निकालेका छन। यस विषयमा सुस्ता गाउँपालिकाले पनि विधि र प्रकृया अनुसार समन्वयकारी भुमिका नखेलेको पनि संघर्ष समितिले बताउदै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित