अारपि उपाध्याय / नवलपरासी ,७ जेठ
पुर्वी नवलपरासी कावासोती नगरपालिका अन्तर्गतको जङ्गलबाट प्रहरीले भन्सार चोरी पैठारी गरि ल्याएको सामान सहितको ट्रकलाइ नियन्त्रणमा लिएको छ।
पुर्व पश्चिम राजमार्गको कावासोती स्थित ४० किलो जङ्गलबाट ट्रकमा लोड गरि ल्याइएको अवैध सामाग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय (ब.स.पु.) कावासोतिका सुचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभएको छ।
प्रहरी नायब निरीक्षक नरेन्द्र बि.क. को नेतृत्वमा गएको टोलिले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.४ख.५०७७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहिको लागि त्रिवेणी भन्सार पठाइएको प्रहरीले बताएको छ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट अवैध सामाग्रीहरुमा लेडिज चप्पल,लेडिज नाइट ड्रेस,मेक्सी,चस्मा, जुत्ता,चप्पल,गलैँचा लगायतका सामाग्री रहेको र उक्त सामाग्रीको कुल मूल्य ३० लाख ६६ हजार १ सय ५० रहेको बताइएको छ।
ट्रक चालक ४० वर्षिय तुल बहादुर घर्ती प्रहरीको नियन्त्रणमा रहेको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

