राष्ट्रिय दैनिक / नवलपरासी , ६ जेष्ठ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला लाग्ने भएको छ ।
रामग्राम नगरपालिका वडा २ स्थित हाटबजारमा यहि जेष्ठ महिनाको ९ गतेदेखि २० गतेसम्म चल्नेगरि उक्त रामग्राम सांस्कृतिक मेला शुरु हुने भएको छ ।
रामग्राम नगरपालिका वडा २ का वडा अध्यक्ष निरज रौनियारको अध्यक्षतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रौनियारले यस मेलाको तयारी भैरहेको र यस मेलामा बाल उद्यान, विभिन्न व्यपारिक स्टल, कुस्ती, नेपाली तथा भोजपुरी कलाकारहरुको बेजोड प्रस्तुती रहने जानकारी दिनु भयो ।
अध्यक्ष रौनियारले यस मेलाको लागत ४० लाख बढि हुने र मेलामा ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिनु भयो ।
यो प्रथम सांस्कृतिक मेलाको आयोजक रामग्राम नगरपालिका वडा २, संरक्षक रामग्राम नगरपालिका र व्यवस्थापकिय जिम्मेवारी जय मातादी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवल रहेको छ ।
यस मेलामा दर्शक रामाउनका लागि दर्जन बढि भोजपुरी कलाकार र नेपाली कलाकारहरुको बेजोड प्रस्तुती हुने छ भने मेलामा बालबालिकाहरुका लागि बाल उद्यान, दर्शकका लागि पिंग, मौतका कुँवा, झुला, कुस्ती लगायत यस मेलाका मुख्य आकर्षक रहने छन् । मेलामा फोटो खिच्नका लागि सेल्फी जोन पनि बनाईने छ ।
यस मेलाको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी जय मातादी एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्टको रहने सो संस्थाका व्यस्थापक राजबिर जयसवाल पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
यस मेलाले यहाँका स्थानिय सांस्कृति पनि झल्किने र दर्शकहरु मेलामा भरपुर रमाउने विश्वास लिइएको रामग्राम नगरपालिका वडा ४ का अध्यक्ष मदन यादवले जिकिर गर्नु भयो ।
पत्रकार सम्मेलनमा रामग्राम नगरपालिका वडा ६ का अध्यक्ष विद्यासागर त्रिपाठी, वडा ११ का अध्यक्ष धनिराम यादव, वडा १४ का अध्यक्ष ओम प्रकाश यादव लगायतले यो मेला एतिहासिक र निकै रोचक रहने विश्वास व्यक्त गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

