Rashtriya Dainik

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा

काठमाडौं, जेठ ६ गते ।

सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने समेत बताए ।

राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने समेत उनले बताए । गोरखामा जीवन्त संग्रहालय बनाउने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित