काठमाडौँ — भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन ।
बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । देशैभरको कुनै पनि बैंकमा गएर नोटलाई बदल्न पाउने भनिएको छ । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ । यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।
रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । ८ नोभेम्बर २०१६ को रातिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो । २०१८–१९ पछि उक्त नोट छाप्न बन्द गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार बजारमा केही समययता दुई हजारको नोटको अभाव देखिन थालिएको थियो । कालाधन राख्नेहरुले बैंकमा पैसा नराखेर बाहिरै दुई हजारको नोट जम्मा गरेर राखेको आशंका छ । २०१६ मा ५ सय र हजारको नोट बन्द गरिएपछि नयाँ ५ सयको नोट बाहिर चलनमा ल्याइएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

