Rashtriya Dainik

काङ्ग्रेस नवलपुरद्वारा प्रश सांसद महेन्द्र ध्वज जि.सी. लाई बधाई तथा सम्मान

अारपि उपाध्याय / नवलपरासी ,५ जेठ

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपुरले गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्थापन मन्त्री पदमा नियुक्ति हुनुभएका प्रदेश सान्सद महेन्द्र ध्वज जि.सी. लाई एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको छ।

नवलपुर निर्वाचन क्षेत्र न.१ क बाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनु भएका जि.सी. लाई बधाइ तथा सम्मान गरिएको हो। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सभापति जि.सी. को अध्यक्षतामा आयोजित बधाइ तथा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनितिमा लाग्नुभएका जि.सी. लाई गण्डकी प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालय सहितको जिम्मेवारी दिइएकोमा नवलपुर जिल्लाकै गौरव बढेको बताउनु भयो।

महामन्त्री लामिछानेले हालको समयमा सबै नेताकार्यकर्ताहरुले पार्टीको नीति,विचार र आदर्श अनुसार अगाडि बढ्न पनि सबैलाई आग्रह गर्नुभयो।
सो अवसरमा जिल्ला कार्य समितिका उपसभापति बालकृष्ण घिमिरेले शुभकामना सहित बधाइ ज्ञापन गर्नुभएको सचिव होमराज राना भाटले जानकारी दिनुभएको छ।

त्यसैगरी नेपाल शिक्षक संघ नवलपुरले पनि गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्र ध्वज जि.सी. गण्डकी प्रदेश सरकारको कृषि तथा भुमी व्यवस्था मन्त्री नियुक्त हुनु भएकोमा बधाइ तथा सम्मान गरेको छ।
नवलपुरको कावासोतिमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल शिक्षक संघका पदाधिकारी, ने.वि. संघ, महिला संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

शिक्षक शिक्षक संघ नवलपुरका अध्यक्ष इन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री जि.सी. ले शिक्षक संघद्वारा प्रस्तुत माग उपर गण्डकी प्रदेश सरकार पुर्ण प्रतिबद्ध रहेको बताउनु भयको संघका सचिव जय नारायण सापकोटाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित