रवि पाण्डेय
बर्दघाट – नेकपानिकट बिद्यार्थी संगठनले बर्दघाट नगरपालिकामा १४ बुदें ज्ञापन पत्र बुझाएको छ । माध्यमिक तह सम्मको शिक्षा निशुल्क बनाउनुपर्ने लगायत १४ बुदें शैक्षिक माग गर्दै क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।
विहीवार बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई भेटेर अखिल (क्रान्तिकारी) नवलपरासीको तर्फबाट संगठनका केन्द्रीय सचिवालय सदस्य बिज्ञान क्षेत्रीले ज्ञापन पत्र बुझाउनुभएको थियो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले संगठनको माग प्रति आफू गम्भिर रहेको र नगरपालिकाले गर्न सक्ने पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

