Rashtriya Dainik

ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै पाँच दलको दबाबमुलक ज्ञापन पत्र

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै यहाँ क्रियाशिल पाँच दलले दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
जेठ लागि सक्दाँ पनि जग्गा यकिन गर्न नसकेर ट्रमाको योजना अलपत्र परेको भन्दै पाँच दलले बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
विहीबार नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै यथाशिघ्र टेण्डर आब्हान गर्न माग गरे ।
एमालेका नगर बर्दघाट कमिटी अध्यक्ष रविन्द्र विक्रम हमाल, रास्वपाका नगर कमिटी अध्यक्ष प्रकाश रिमाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कमिटी अध्यक्ष गुप्त बहादुर शाहीको हस्ताक्षरमा ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा आजको मितिसम्म पनि कुन स्थानमा ट्रमा सेन्टर निर्माण गर्ने भन्ने कुराको ठोस कार्यान्वयन हुन नसक्दाँ विवाद भई नगरपालिका रुमलिएको देखिँदा ट्रमा सेन्टर नै नबन्ने र गुम्ने खतरा देखिएको उल्लेख छ ।
ज्ञापन पत्रमा नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ४ को स्थान ट्रमा सेन्टरको लागि उपयुक्त हुने भन्दै नगरभित्र जहाँसुकै स्थानमा बनाए पनि हुने भनिएको छ । ट्रमा सेन्टरको योजना गुम्दा नगरलाई क्षति हुने भएकोले निर्माणको स्थान तय गरेर अविलम्ब प्रक्रिया अगाडी बढाउन आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीले जनप्रतिनिधिहरुको विवादका कारण ट्रमा सेन्टर गुमे आफूहरुलाई सह्य नहुने समेत बताएका थिए । सो अवसरमा एमालेका नगर बर्दघाट कमिटी रविन्द्र बिक्रम हमाल, रास्वपाका नगर कमिटी अध्यक्ष प्रकाश रिमाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता ज्ञानबहादुर केसीलगायतले नगर प्रमुख श्रेष्ठ र उपपप्रमुख रुद्र प्रकाश उपाध्यायको ध्यानाकर्षण गराउदै ट्रमा सेन्टर बनाउने अवसरबाट नगरवासीलाई बन्चित गराउन नहुने जोड दिनुभएको थियो ।
ज्ञापन पत्र बुझेपश्चात बर्दघाट नगर प्रमुख श्रेष्ठले बर्दघाट नगर बासीले अबको दुई दिनमा खुसिको खबर सुन्न पाउने दावी गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित