Rashtriya Dainik

शैक्षिक सुधार गर्न पालिकाका सबै प्र.अ सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

उत्तमकुमार थापा
शैक्षिक सुधार गर्न पालिकाका सबै प्र.अ सँग अन्तरक्रिया कार्यक्रम छविस पाथिभेरा गाउँपालीकाले गरेको छ ।

स्थानीय सरकार छविसले आगामी दिनमा के कसरी शैक्षिक सुधार गर्नु पर्छ भन्ने सन्दर्भमा गाउँपालीका भरिका सबै प्रधानाध्यापकहरुलाई बाेलाएर गहन छलफल गरेको छ । आज एक कार्यक्रमका बिच गाउँपालीकाकाे सभाहलमा कार्यक्रम गरेको शिक्षा शाखाले जनाएको छ ।

गुणस्तरीय शिक्षा आजको आवश्यकतालाई सरकारले प्रथामिक्ता दिएकाे छ । पछिल्लो समय सरकारी बिद्यालयहरुमा बिद्यार्थी सँख्या घट्नु,काे कारण बारे गहन छलफल गर्नु भएको थियाे । कतिपय ठाउँमा शिक्षकको लापरबाही पनि देखा परेको छ । विद्यार्थी भन्दा शिक्षक बढी भएको बिध्यालयलाई के कसरी जान सकिन्छ भन्ने शन्दर्भमा पनि छलफल भएको गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले बताए ।

उहाँले भन्नू भयाे,हाम्रो चेतना जाग्न जरुरी देखिन्छ,आफू पढाउने बिद्यालयमा आफ्ना छाेराछाेरी पढाउनु अनिर्वाय देखिन्छ । शिक्षा सुधारका लागि आज प्रधानाध्यापकहरु याहाँ बाेलाएका छाै । हामी शिक्षालाई सुरमा लैजान चाहान्छाै । शिक्षामा देखिएको समस्या समाधान गर्न केही समय लाग्ला तर हामी सबै लागाै सुधार गराैँ , यता प्र अ हरुले विभिन्न विदामा सल्लाह सुझाव दिनु भएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित