Rashtriya Dainik

नवलपरासीमा सवारी दुर्घटना बढ्दै,७ महिनामा ८० जना ज्यान गुमाए

ज्ञानेश्वर सहानी/नवलपरासी २ जेठ

पश्चिम नवलपरासी जिल्लामा सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएको हो ।

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार गत आर्थिक वर्ष भदौ देखि चैत सम्म १ सय ९२ वटा सवारी दुर्घटना भएकोमा ८० जनाले ज्यान गुमाएका छन् भने २५० जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७९/८०मा नवलपरासीमा १ सय ९२ दुर्घटनामा ८० जनाले ज्यान गुमाएका थिए । यस्तै २ सय ५० जना गम्भीर तथा सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

सवारी दुर्घनामा परी हरेक वर्ष १ सय जना ज्यान गुमाउनु परेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि नवलपरासीमा सवारी दुर्घटना बढ्दै गएको छ ।

तराई जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।

उनका अनुसार जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको हो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका छन ।

तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाडिएका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारण रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित