वीरगंज २ बैशाख
वडा प्रहरी कार्यालय श्रिपुरले ड्राईपोर्टबाट बिल बिजक भन्दा बढीको सामान बोकेको विभिन्न किसिमको बेरिङ्गहरु सहित ट्याक्टर नियन्त्रणमा लिएको छ।
आईसिपी गेट हुँदै वीरगंजतर्फ जाँदै गरेको BRO5GA1946नम्बरको भारती ट्याकटरलाई रुकी चेकजाँच गर्द बिल बिजक भन्दा बढीको विभिन्न किसिमको बेरीङ्गहरु सहित ट्याक्टर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
पक्राउ परेका विभिन्न किसिमका बेरिङ्गका सामानहरु सहित ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

