Rashtriya Dainik

प्रतापपुरमा विधार्थीहरु निशुल्क साईकल वितरण क्याम्पसले लियो ५०० शुल्क

ज्ञानेश्वर सहानी/ नवलपरासी, बैशाख २९ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले विधार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत विधार्थीहरुलाई निशुल्क साईकल वितरण गरीएको हो ।
गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्राहरुलाई साईकल वितरण गरेको बताए । शिक्षा क्षेत्रलाई सबल बनाउनका लागि छात्रा विद्यार्थीहरुलाई साईकल वितरण गरीएको गाँउालिकाले भनेको हो । तराईको दक्षिणि क्षेत्रमा अधिकांश परीवारले छोरीलाई १० वा १२ कक्षापछि पढाउन मान्दैन तर गाउँपालिकाले छोरी मान्छेको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । पालिकाले अहिले शिक्षा क्षेत्रमा जोड दिईएको छ । शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन् निमार्ण गरेर अगाडि बढिएको पालिका अध्यक्ष यादवको बताए । पालिका भित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउदै सिकाई प्रक्रियामा उचत्तम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयत्न रहेको यादवले भनेका छन् ।
उक्त साईकल पाउनलको लागि छात्रा विद्यार्थीहरुलाई फर्म भर्नको लागि पालिकाले सूचना जारी गरेको थियो । प्रतापपुर गाउँपालिका भित्र रहेका स्थानिय विद्यार्थीहरुले आँफु अध्ययन गरीरहेको विद्यलायको विभिन्न प्रमाण सहित फर्म भर्न अनुरोध गरेको थियो । जस्मा प्रतापपुर गाउँपालिका अन्तर्गतको विद्यालय बाट कक्षा १२ उत्तीर्ण गरेको स्थानिय हुनुपर्ने फर्ममा अनिवार्य रहेको थियो । यता गाउँपालिकाले निशुल्क वितरण गरेपनि क्यम्पसले शुल्क लिएको विद्यार्थीहरु ले गुनासो गरेका छन् । गाउँपालिका भित्र रहेको त्रिभुवन क्याम्पस बेलाटारीले साईलकलको फर्म भरेका प्रत्येक विद्यार्थीहरु शुल्क लिएको विद्यार्थीहरु ले गुनासो गरेका छन् । साईकल वितरण हुँदा पालिकाले निशुल्क भन्दा पैसा लिईएको हल्ला गरेका थिए । भने क्याम्पस प्रमुख मनोजधर द्धुवेदि ले क्याम्पसको व्यवस्थापन समितिले विद्यार्थीहरु लाई सिफारिस गर्दा सिफारिस वापतको ५ सय शुल्क लिने निर्णय गरेपछि हामि सिफारिसको शुल्क लिएको बताए ।
क्याप्मसले पालिकालाई कुनै पनि जानकारी नगरी आफनो मनोमानि ढंगले शुल्क उठाएको गाँउपालिका अध्यक्ष उमेश चन्द यादवले भनेका छन् । यादवले विद्यार्थीहरु लाई आँफुले दिएको शुल्क क्याम्पस संग फिर्ता लिन भनेका छन् त्यसमा पालिकाले समेत सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । । गाउँपालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत विधार्थीहरु लाई निशुल्क साईकल वितरण गरीएको छ ।
गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातक तह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्राहरु लाई साईकल वितरण गरेको जनाएको छ । शिक्षा क्षेत्रलाई सबल बनाउनका लागि छात्रा विद्यार्थीहरु लाई साईकल वितरण गरीएको गाँउालिकाले भनेको छ । तराईको दक्षिणि क्षेत्रमा अधिकांश परीवारले छोरीलाई १० वा १२ कक्षापछि पढाउन मान्दैन तर गाउँपालिकाले छोरी मान्छेको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । पालिकाले अहिले शिक्षा क्षेत्रमा जोड दिईएको छ । शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन् निमार्ण गरेर अगाडि बढिएको पालिका अध्यक्ष यादवको भनाई छ । पालिका भित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउदै सिकाई प्रक्रियामा उचत्तम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयत्न रहेको यादवले भनेका छन् ।
उक्त साईकल पाउनलको लागि छात्रा विद्यार्थीहरु लाई फर्म भर्नको लागि पालिकाले सूचना जारी गरेको थियो । प्रतापपुर गाउँपालिका भित्र रहेका स्थानिय विद्यार्थीहरु ले आँफु अध्ययन गरीरहेको विद्यलायको विभिन्न प्रमाण सहित फर्म भर्न अनुरोध गरेको थियो । जस्मा प्रतापपुर गाउँपालिका अन्तर्गतको विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेको स्थानिय हुनुपर्ने फर्ममा अनिवार्य रहेको थियो । यता गाउँपालिकाले निशुल्क वितरण गरेपनि क्यम्पसले शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । गाउँपालिका भित्र रहेको त्रिभुवन क्याम्पस बेलाटारीले साईलकलको फर्म भरेका प्रत्येक विद्यार्थीहरु शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका हुन । साईकल वितरण हुँदा पालिकाले निशुल्क भन्दा पैसा लिईएको हल्ला गरेका थिए । भने क्याम्पस प्रमुख मनोजधर दुवेले क्याम्पसको व्यवस्थापन समितिले विद्यार्थीहरुलाई सिफारिस गर्दा सिफारिस वापतको ५ सय शुल्क लिने निर्णय गरेपछि हामि सिफारिसको शुल्क लिएको बताए ।
क्याप्मसले पालिकालाई कुनै पनि जानकारी नगरी आफनो मनोमानि ढंगले शुल्क उठाएको गाँउपालिका अध्यक्ष यादवले भनेका छन् । यादवले विद्यार्थीहरुलाई आँफुले दिएको शुल्क क्याम्पस संग फिर्ता लिन भनेका छन् त्यसमा पालिकाले समेत सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित