Rashtriya Dainik

कालिप्रसाद लाखे मा.बि मा निःशुल्क कोचिङ कक्षा सञ्चालन,वडा अध्यक्ष मियाद्वारा उदघाटन

राजन कुमार बानिया / पर्सा २८ बैसाख

पर्साको धोबिनी गाउँपालिका वडा न.४ लंगडिमा रहेको श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडीमा अाज देखि निशुल्क ट्युसन कोचिङ्ग कक्षा संचालनको उदघाटन गरिएको छ।

धोबिनी गाउँपालिकाको वडा न. ४ लंगडीका वडाध्यक्ष अबास मियाँले एक कार्यक्रमका बिच निशुल्क ट्युसन कोचिङ्ग कक्षाको फिटा काटेर उदघाटन गर्नु भएको हो। यो निशुल्क टयुसन कक्षा संचालन बाट दलित ,गरिब लगायत ६ कक्षा देखि १० सम्मका बिधार्थी हरुलाई सहयोग पुगने बताए ।

कार्यक्रममा प्रअ मदन साह, शिक्षक कृष्णमुरारी साह, सुरेन्द्र चौहान,नारायण फुयाल,हरिअोम पटेल,रामनरेश प्रसाद , जवाहर पटेल,महम्द रेयाज,मेराज अालम,दिपेन्द्र यादव,लगायत बिधार्थीहरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित