Rashtriya Dainik

जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : गगन थापा

काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा थापाले सरकारले अघि सारकोे सुशासनको बिषय सकारात्मक भएको भन्दै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको हो । उहाले बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित हुन हुने धारणा राख्नुभयो ।

उहाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेके सुशासनको नारा लगाउन सक्ने बताउनुभयो । उहाले मुलुकका कतिपय नीतिहरुका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको भन्दै अगाामी बजेटमा यसलाई बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेले सहयोग गर्ने बताउनुभयो । छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही नछुट्ने र निर्दोष व्यक्ति नफस्ने गरि काम गर्नुपर्ने उहाको भनाइ छ । उहाले टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गुरुङले जनतामा आत्मविश्वास बढाउने गरि बजेट आउनुपर्ने सुझाव दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित