बिनोद निगम / नवलपरासी , २६ बैशाख
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ३ कुश्मामा मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाईते भएका छन ।
मंगलबार साझ ७:३० बजे महेशपुर परासी भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको युपि ५६ एफ ६९५८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको युपि ५६ बि ६७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईते हुर्नेमा युपि ५६ एफ ६९५८ नम्बरको मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- १ चंमकीपुर बस्ने बर्ष अन्दाजी ५१ को सहवान अन्सारी, युपि ५६ बि ६७५८ नम्बरका मोटरसाइकल चालक भारत महाराजगंज नौतनवा छ्पवा बस्ने बर्ष अन्दाजी १८ का सलमान धुनिया, सोही मोटरसाइकलको पछाडी सवार सोही स्थान बस्ने निजको आमा बर्ष ३५ की तायरा खातुन, सोही मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने निजको भाई बर्ष अन्दाजी १५ का रहमान धुनिया र सोही मोटरसाइकल पछाडी बस्ने निजको बहिनी बर्ष अन्दाजी ८ की रेशमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
घाईते मध्ये अन्सारीको दुवै खुट्टा र ढाँडमा चोट लागेको छ । धुनियाको बायाँ खुट्टा भाँचिएको छ । त्यसैगरी तायरा खातुनको दुवै खुट्टामा चोट लागेको छ । रहमान धुनियाको दुवै खुट्टामा चोट लागेको छ भने बालिका रेशमा खातुनको कम्मर र अनुहारमा चोट लागेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
घाईतेहरुलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देही पठाएको छ भने दुर्घटना भएको स्थानमा इलाका प्रहरी कार्यालय अमानीगंजबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली खटि दुवै सवारी साधन नियन्त्रणमा लिएको छ ।
उक्त दुर्घटना के कसरी भएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेयले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

