Rashtriya Dainik

दुर्घटना न्यूनीकरणका लागी जनचेतनामूलक कार्यक्रम सहित स्टिकर टास्दै ट्राफिक प्रहरी

अारपि उपाध्याय / नवलपरासी , २७ बैशाख

ट्राफिक सप्ताह २०८० अन्तर्गत दुर्घटना न्यूनीकरणका लागी जनचेतनामूलक कार्यक्रम सहित स्टिकर टास्ने कार्यक्रम विनयी त्रिवेणी ७ रानीनगरमा सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय त्रिवेणीको आयोजनामा “ट्राफिक नियमको पालना गरौं सवारी दुर्घटना हुन बाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले ट्राफिक नियमको पालनाबाट आफू र अरुलाई सुरक्षित राख्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका र प्र. स. नि. देम बाहादुर बानिया, ट्राफिक हवल्दार तारा प्रसाद चौधरी लगायतले ट्राफिक सप्ताहबारे जानकारी गराएका थिए।
विनयी त्रिवेणी ७ को मुख्य बजार रानीनगरमा गरिएको ट्राफिक सप्ताह अन्तर्गत बस,ट्रक,जिप,अटोरिक्साहरुमा स्टिकर टासी ट्राफिक ज्ञान बारे जानकारी गराइएको थियो। सो अवसरमा स्थानीय व्यापारी बुद्धिजीवी, समाजसेवी र ठुलो सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेकोे थियो। यस पुर्व पनि त्रिवेणी ट्राफिक प्रहरीले सवारी एन विपरीत सवारी चलाउने सवारी चालकहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारीमा आएको छ।
सिमावर्ती त्रिवेणी आसपासका ईलाकाहरुमा सवारी एन विपरीत सवारी चलाउने वर्गको सङ्ख्या बढ्न थालेपछी ट्राफिक प्रहरीले अभियानकै रूपमा सवारी चेकजाँच र सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित