Rashtriya Dainik

ईप्रका कृष्णनगरद्वारा १० केजी चरेस सहित दुई जना पक्राउ

कपिलवस्तु ,२७ बैशाख

ईप्रका कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ।

जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङलाई देखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित