राष्ट्रिय दैनिक / नवलपरासी , २५ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ अत्रहटीमा रहेको मनरी आयूर्वेद औषधालय भवन सोमबार एक कार्यक्रमको वीचमा उद्घाटन भएको छ ।
आयूर्वेद व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नं. २ का अध्यक्ष सम्भुप्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भवनको उदघाटन भएको हो ।
भवनको उद्घाटन समारोहमा बोल्दै चौधरीले आयुर्वेद दुर्लभ भएको हुनाले यसको संरक्षणकालागि सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले सरावलको आर्यूवेद औषधालयले जुन किसिमले सेवा ग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । भोलिको दिनमा जिल्लामै नमुना औषधालयको रुपमा चिनाउन सफलहोस भन्ने शुभकामना दिदै आयूवेदलाई राम्रो बनाउन गाउँपालिका सधै अग्रसर रहने प्रतिबद्धता जाहेर गर्नु भयो । साथै आउने दिनमा योगा भवनको निर्माण गर्ने योजना रहेको जानकारी दिनु भयो ।

कार्यक्रमा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन,गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी, प्रमुख प्रसाशकिय अधिकृत दुर्गा पौडेल, जिल्ला आयूर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्चना शुक्ला लगाएतले आर्यूबेदको महत्वको बारेमा बताउदै निशूल्क रुपमा सेवाग्राहिलाई सेवा प्रदानले सहजता प्रदान गरेका यसको संरक्षण र प्रर्वधनका लागि सबैकोे भुमिका महत्वपुर्ण रहने बताउनु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

