राष्ट्रिय दैनिक / नवलपरासी , २५ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताहरुको लागि ४८ घण्टे अवधिको आधारभुत प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।
गाउँपालिका स्तरिय न्यायिक सम्पादन राम्रो बनाउने उदेश्यले तालिम गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

बैशाख १६ गतेबाट सुनवल लोटस रिर्सोटमा शुरु भएको कार्यक्रम २३ गते सम्पन्न भएको हो । जसमा न्यायिक शाखामा आवद्ध रहेको गाउँपालिका स्तरिय मेलममिलापकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सरावल गाउपालिकाका उपाध्यक्ष बासमति हरिजनको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिमकाे प्रशिक्षण अधिवक्ता सिताराम अधिकारी र मित्रलाल लामिछानेले सहजिकरण गर्नु भएकाे थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

