Rashtriya Dainik

बिनयी त्रिवेणी ७ लाई पाँच बर्ष मुनिका बालबालिकाहरुलाई पुर्ण खोप सुनिश्चितता घोषणा

अारपि उपाध्याय / नवलपरासी , २५ बैशाख

पुर्वी नवलपरासी बिनयी त्रिवेणी गाउपालिका वार्ड नंं ७ लाई एक कार्यक्रमका बिच ५ बर्ष मुनिका बालबालिकाहरुलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

विनयी त्रिवेणी ७ का जम्मा ३८० बालबालिकाहरुलाई पुर्ण खोप सुनिश्चितता वार्ड घोषणा गरिएको विनयी त्रिवेणी स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ ।

२०७५ सालदेखी प्रारम्भ भएको पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमलाई यस चालु आ.व मा पनि निरन्तरता दिइएको हो । वार्ड नं. ७ का वार्ड अध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा वार्ड अन्तर्गतका महिला स्वास्थ्य स्वयंम सेविका , खोप समन्वय समिति , स्थानिय समाजसेवी बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।

त्रिवेणी स्वास्थय चौकीको सभाहलमा आयोजना भएको घोषणा समारोहमा ५ बर्ष मुनिका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुनुहुदैन भन्ने सामुहिक प्रतिबद्धता पनि गरिएको थियो । स्वास्थ्य चौकीको सि.अ.हे व राधिका भट्टराईको स्वागत बाट प्रारम्भ भएको घोषणा समारोहमा स्वास्थ्य चौकी प्रमुख भट्टराईले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित