राष्ट्रिय दैनिक / नवलपरासी ,२५ बैशाख
पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सदस्य बैजनाथ कलवारको पहलमा छात्राहरूलाई निशुल्क साईकल बितरण गरिएको छ ।
छोरी पढाऔँ छोरी बचाऔँ अभियान अन्तर्गत लुम्बिनी प्रदेश सदस्य कलवारले सांसद बिकास कोषको रकमबाट पवन माध्यमिक बिद्यालयका १२ कक्षामा अध्यनरत छात्राहरुलाई निशुल्क साईकल बितरण गरिएको हो ।

साेमवार बिद्यालयमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य कलवारले साईकल बितरण गर्नु भएको हाे।

प्रदेश सदस्य कलवारले साईकल बितरण गदै बिभिन्न कारणले छात्राहरुले बिचमै पढाई छोड्ने प्रबृत्तिलाई यो कार्यक्रमले केही हदसम्म छात्राहरुलाई बिद्यालय जान प्रोत्साहन गर्ने र बिद्यालयमा नियमित उपस्थिति तथा सिकाईमा उपलब्धी बृद्धि हुने अपेक्षा गरिएको बताए । उनले भने साईकल मात्र बितरण नभई कोही बिद्यार्थी आर्थिक अभावकै कारणले कोही पनि शिक्षा बन्चित हुन नदिने बताउदै आर्थिक अभाव कारण उच्च शिक्षा हासिल गर्न नसक्ने परिस्थिती आए आफूलाई जानकारी गराउन र अध्ययनको लागि आवश्यक रकम व्यक्तिगत रुपमा सहयोग गर्ने बताए । प्रदेश सदस्य कलवारले मैले पढेको बिद्यालय भएकोले भौतिक पूर्वाधारको निम्तीको बिद्यालयले मास्टर प्लान बनाई मलाई दिनु यस बिद्यालयको बिकासमा लागि पर्ने बताए ।
उनले यस बिद्यलायमा तत्काल शौचालय र पानी ट्याकीको आवश्यक देखीएको त्यसको लागि तुरुन्त पहल गरेर निमार्ण गर्नेू प्रतिबद्धता व्यक्त गरेका थिए । छोरी पढाऔँ छोरी बचाऔँ अभियान अन्तर्गत लुम्बिनी प्रदेश सदस्य कलवारले सासद बिकास कोषको रकमबाट रामग्राम र पाल्हीनन्दनमा निशुल्क छात्राहरुलाई साईकल बितरण गर्ने जानकरी दिए ।

पवन माध्यमिक बिद्यालय परासीले कक्षा ११मा अध्यनरत छात्रा साईकल बितरण नगरप्रमुख धनपत यादव र १२मा अध्यानरत छात्राहरूलाई साईकल बितरण लुम्बिनी प्रदेश सदस्य बैजनाथ कलवारले वितरण गर्नुभएको हाे।

प्रदेश सरकारको छोरी पठाउ छोरी बचाउ अभियान अन्तर्गत छात्राहरूलाई प्रोत्सहन स्वरूप निशुल्क साईकल बितरण गरिएको हाे ।
साइकल कक्षा ११ र १२ कक्षामा अध्यनरत छात्राहरुलाई एक सय १२ वटा निशुल्क साईकल बितरण गरिएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

