Rashtriya Dainik

रेडक्रस बालपुरी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , ३५ जनाले गरे रक्तदान

उमेश बि.क / नवलपरासी , २५ बैशाख

नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे आयोजना तथा तिरुपति बालाजी एग्राे प्रा.लिकाे अार्थिक सहयोग , सरावल गाउँपालिकाको सहकार्य तथा नेपाल रेडक्रस साेसाइटी नवलपरासीको प्राविधिक सहयोगमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा ३५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

पश्चिम नवलपरासीको सरावल ३ मा अवस्थित बालपुरी शाखाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको शाखाकाे अध्यक्ष भाेलेनाथ काेईरी (सन्जय) ले जानकारी दिनुभएको हाे।

बालपुरी शाखाकाे अध्यक्ष भाेलेनाथ काेईरी (सन्जय) काे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।

पालिका अध्यक्ष चाैधरीले बालपुरी शाखाले निकै राम्रो काम गरेको प्रशंसा गर्दै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम भएकोले यस्तो मानवीय कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले ३५ जनाले गरेका यस रक्तदान महान कार्यबाट धेरै बिरामीहरुको ज्यान जानबाट बच्नेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेल , तिरुपति बालाजी एग्राे प्रा.लिकाे सन्चालक गुणनिधि तिवारी ,पत्रकार उमेश बि.क लगाएतकाे सहभागीता रहेको थियो ।

रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासीले गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित