वीरगंज २४ गते
पर्सा प्रहरीले सुन ,हिरा तथा विभिन्न किसिमको पत्थरहरु सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगंजको शंकरचार्या गेटबाट भारतबाट नेपाल तर्फ अवैध रुपले ल्याउदै गरेको सुन ,हिरा पत्थरहरु करिब २९ लाख ४४ हजार ६३३ रुपैया सहित भारतका हौडा जिल्लाका बुद्ध देव मैतीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंजको शंकराचार्य गेटमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंज तर्फ ल्याउदै गरको बुद्धदेव मैतीलाई रुकी चेकजाँच गर्दा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम सहित मैतीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।

पक्राउ परेका सुन, हिरा र पत्थरहरु सहित मैतीलाई थप अनुसन्धानको लागि राजशव कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

