Rashtriya Dainik

वैशाख २४ गतेदेखि बजेट अधिवेशन

काठमाडौँ , २० बैशाख — राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित