बिनोद निगम / नवलपरासी , १९ वैशाख
पश्चिम नवलपरासी जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको महाराजगन्ज जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत महेशपुर सिमानाका दुई दिन बन्द गरिने भएको छ ।
खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
१९ वैशाख राति ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म महेशपुर नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको जनाउँदै आफूहरूले सोही बमोजिम गर्ने इलाका प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी निरीक्षक बिनोद सीलिवाल बताउनुभयो ।
नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ ।

खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बेलासपुर २६ नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको छ । यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

