Rashtriya Dainik

भारतबाट पेट्रोलियम पर्दाथको मुल्य घटेर आयो

काठमाडौं , १९ बैशाख

भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।

डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित