राजन कुमार बानिया /पर्सा ,१५ बैशाख
पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आफ्नो गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले प्रहिलो प्राथमिकता मा राखि सहयोग गर्ने बताएका छन।
धोबिनी गाउँपालिका वडा नं ४ स्वास्थ्य चौकी लंगडीमा अाज एक कार्यक्रमका बिच प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मदन प्रसाद चौहानले जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गर्दै भनेका छन। गापा अध्यक्ष चौहानले भने स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन ।
अध्यक्ष चौहानले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए । गाउँपालिकाको बासिन्दाहरुले अब वीरगन्ज र पोखरिया सरहकाे उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए ।
जनस्वास्थ्य प्रयोगशाला संचालनमा अाएपछी बल्डका सुगर, टाईफाईट,ल्याब टेस्टको साथै अल्ट्रासाउन्ड लगायत ५४ किसिमका चेकजाच हुने बताए ।
कार्यक्रममा गाउँपालिकाको स्वास्थय शाखा प्रमुख संजय यादव, स्वास्थ्य शाखा सहायक प्रमुख मन्नु पटेल,स्वास्थ्य चौकी लंगडीका नथुनी यादव, ल्याब असिस्टेन्ट भुलेन्द्र यादव, संजय पटेल , रिना पास्वान लगायतकाे सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

