राजन कुमार बानिया / पर्सा ,१५ बैशाख
पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा न-३ मा रहेको आधारभुत बिधालय कंचनपुर बैरियामा १७ बर्ष पछि अाज बिधालय ब्यवस्थापन समिती गठन भएको छ।
बिधालय ब्यवस्थापन समितिको बैठकबाट अध्यक्ष पदमा ज्वाला गिरि (जितेन्द्र) लाई निर्बरोध चयन गरिएको छ। अधारभुत बिधालय कंचनपुर बैरियामा बिधालय ब्यवस्थापन समिति नरहेको कारण बिधालयमा समस्या देखिएकोले शुक्रबार नयाँ नेतृत्व युवा अबिभावक ज्वाला गिरि जितेन्द्रको अध्यक्ष्ातामा बिधालय ब्यवस्थापन समिति चयन गरिएको छ।
सदस्यहरुमा बिरशम्षेर गिरि,अब्दुलसेर मियाँ ,गरहनी देबी चौधरी,संगिता देबी चौधरी ,मनिता देबी माझी समेतलाई नयाँ समिति सर्बसहमती बाटचयन गरिएको हो। नयाँ बिधालय ब्यवस्थाठपन समितिले बिधालको उन्ति प्रगति र पठन पाठनमा सहयोग पुगने अबिभावकहरुलाई बिश्ववास रहेको छ। प्रअ राजेश गिरी,वडाध्यक्ष माधो राउत थारु, पटेर्वासुगौली गाउँपालिका समाजिक बिकास संयोजक ,शिक्षा समिति सदस्य वडा नं २ का वडाध्यक्ष बिजय गैरै, हैदर अन्सारी, मुना तिवारी, लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

