दाङ,१४ बैशाख ।
लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । गत मंसिर ४ को चुनावपछि नेकपा एमालेका लिला गिरी पुस २७ मा तेस्रो मुख्यमन्त्री बनेका थिए । राष्ट्रपतिको निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरणका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतामा परेको थियो । बैसाख ११ गते विश्वासको मत पाउन नसकेपछि नयां सरकार बनेको हो ।
आलोपालो सरकारको नेतृत्व
लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । नेपाली बांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको तर कसले कति समय नेतृत्व गर्ने भन्ने नभएको बताए ।
आलोपालोमा नेपाली कांग्रेसलाई सहमत गराउन माओवादीले दवाव दिएकाले प्रदेश प्रमुखले साढे ५ बजे मुख्यमन्त्री नियुक्त गर्न दिएकोमा झण्डै एक घण्टा ढिलो नियुक्ति भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

