राजन कुमार बानिया /पर्सा ,१५ बैशाख
पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा १४५ जनालाई सुधारियेको चुल्लो वितरण गरिएको छ । धोबिनीका वडाअध्यक्ष मनौर अहमदले सुधारियेका चुलो बितरण गरिएको हो ।
वडा नं ५ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा चुलो वितरण गरिएको वडाअध्यक्ष अहमदले जानकारी दिए । ५ नम्बर वडामा १२ सय जनालाई सुधारियेको चुलो वितरण गर्ने लक्ष्य रहेको वडाअध्यक्ष अहमदले बताए ।
१४५ जनालाई दिएको र अरु भोलि वितरण गरिएको वडा सचीव जितेन्द्र चौहानले जानकारी दिए ।
वडा सचीव चौहानका अनुसार वडामा चुलो नभएका घरलाई छनौट गरेर वडाले बितरण गरिएको हो ।
वडाका सबै टोलहरुमा पुगेरै माटोको चुलो भएका गरिब, दलित एवम् मुस्लिम समुदायका गरेर १ हजार २ सय जनाको नाम सिफारिस गरिएकोमा हाल १४५ जनालाई बाँडिएको छ । अरुले पनि नागरिकता लिएर आएपछि पाउने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

