अारपि उपाध्याय / नवलपरासी , १४ बैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका अन्तर्गत रहेको टांगीकोटमा फलामे पुल विहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
प्रतापपुर गाउपालिकाको ०७९, ८० को अनुदानबाट निर्माण भएको फलामे पुलको उद्घाटन प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गर्नुभएको हो ।
पुल निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नागरिकको चाहना र माग बमोजिम फलामे पुलको निर्माण गरिएको बताउदै पुल निर्माणले त्यस क्षेत्रका करिब ५ हजार नागरिक लाभान्वीत हुने बताउनुभयो । अध्यक्ष यादवले विकाश निर्माण कार्य चुनौती पुर्ण रहेतापनि आफुले सम्पुर्ण चुनौतीको सामना गर्दै अगामी दिनमा सहमति, सहकार्यको निति अवलम्बन गर्दै प्रतापपुर गाउपालिकालाई नमुना पालिका बताउने प्रतिबद्धता जनाउनुभयो । प्रतापपुर गाउपालिकाको प्रशासकिय भवन, रिंगरोड, कृषी विधुतीकरणलाई प्राथमिकता र खानेपनी योजनालाई आगामी ४ बर्ष भित्र पुरा गर्ने तयारी कार्य अगाडी बढेको अध्यक्ष यादवको भनाइ थियो ।
सो अवसरमा प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले यस क्षेत्रमा २०४५ साल देखीनै फलामे पुलको माग रहीआएकोमा अहिले आएर जनताको माग पुरा भएको बताउदै पुल निर्माण पश्चात यसको सरंक्षण गर्ने नागरिकको कर्तब्य भएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे, वडा नम्बर ७ का वडाध्यक्ष हरेन्द्र यादव, वडा सदस्य ध्रुब नारायण चौधरी, उपभोक्ता समितिका कोषाध्यक्ष दिनेश चौधरी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । २०७९ साल असोज ३१ गते सुरु भई माघ मसान्तमै सम्पन्न भएको यस फलामे पुल निर्माण कार्यमा कुल ६० लाख ६३ हजार ४ सयको लागतमा निर्माण कार्य भएको कार्यक्रम सञ्चालक हरेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

सोही अवसरमा प्रतापपुरको टाङ्गीकोटमै अखण्ड श्री हरि किर्तन कार्यक्रम पनि सुरुवात गरिएको स्थानीय समाजसेवी खिरी नारायण चौधरीले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

