Rashtriya Dainik

छिपहरमाई गाँउपालिकामा हिन्दू परिषद नेपाल गठन

बीरगंज / ११ पूस

हिन्दू परिषद नेपालले शनिबार पर्सा जिल्लाको छिपहरमाई गाँउपालिकामा २१ सदस्यीय गाँउपालिका स्तरीय कमिटी र ९ सदस्यीय सल्लहकार कमिटी गठन गरेको छ।कमिटिको अध्यक्षमा लालबाबु साह,उपाध्यक्ष बिहारी साह,सचिव रामबाबू यादव,सह-सचिव आदित्य साह,कोषाध्यक्ष राजमंगल साह,प्रवक्ता धर्मेंद्र यादव,सदस्यहरु तपसी साह,मनोज दास,रोहित कुमार, उमाशंकर प्रसाद,संजय साह,रामलखन ठाकुर,सनोज महतो,मनेजर यादव, सुनीलदत्त साह,रामप्रति पासवान,रामबालक साह,महादेव साह सहित सल्लहकारहरु शिवजी उपाध्याय, बाल्मीकि मिश्रा, सेवक साह,मनोहर साह,शम्भू यादव, अमिका साह,धनबीर बाबा,बिंधाचल महतो रहेका छन।सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ। जनजागरण कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु कुर्मी,सुरेश साह कानू, पंडित सचितनन्द दुबे,केन्द्रिय सल्लहकार अधिवक्ता बिनोद पटेल,पर्सा जिल्ला सचिव अंशु कुमार प्रजापति,जिल्ला सदस्य अमोद केवट,बीरगंज नगर सदस्य राजेश पटेल,बड़ा न.२ उपाध्यक्ष सुनील महतो सहभागी रहेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित