नन्दु यादव /नवलपरासी ११ पुस पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न .९ मा रहेकाे काेटहि देबि प्राथमिक बिद्यालय माधवपुर मा खानेपानी ,सरसफाइ तथा स्वच्छता सम्बन्धि १दिवसिय तालिम सम्पन्न भएकाे छ।मेड नेपालकाे अायाेजना तालिम सम्पन्न भएकाे हाे ।तालिममा खास गरि मेड नेपालले बिद्यालयमा बितरण गरेकाे पानी फिल्टरकाे बारेमा कसरी सरसफाइ राख्ने,हात कसरी धुने र स्वच्छ पानीकाे महत्व लगायतकाे बारेमा प्रकाश पारिएकाे थियाे ।मेड नेपालका शैलेश अाचार्य ,मिरा थापा ,रामकिरण थारु र सुबास शर्मा लगायत ले प्रशिक्षण दिनु भएकाे थियाे ।खास गरि प्रतापपुर गाउपालिका भित्र रहेकाे सामुदायिक तथा मदरसा बिद्यालयका शिक्षक र ब्यवस्थापन समितिका सदस्य हरुकाे सहभागिता रहेकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।