नवलपरासीको सरावलमा चित्रकला प्रदर्शनी

उमेश बि.क / नवलपरासी , १० पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा
गाउँपालिका अन्तर्गतका पर्यटकीय क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देशकाे साथ चित्रकला प्रदर्शनी गरिएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा चित्रकला प्रदर्शनी गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले चित्रकलाले कला र कलाकारको सम्मान हुने उनले बताए।स्थानीय स्तरमा यस्ता कार्यक्रमले गाउँघरमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउन सक्ने उनले धारणा राखे। कलाकार देशका गहना भएको भन्दै चित्रकारको सम्मान र सिर्जनाको उचित विकास हुनुपर्नेमा उनले जोड दिए। गाउँपालिकाले पनि कलाकारको खोजी उनीहरुलाई प्रोत्साहन गर्नलाई विभिन्न कार्यक्रमको आयोजना गरिरहेकाे बताए। चित्रकार नर बहादुर सरावलकाे गाैरभ र गहना रहेको हुनाले वहाँले गाउँपालिका अन्तर्गतको कलासंस्कृति र पर्यटकीय ठाउँलाई अाफ्नाे कलाकाे माध्यमले अाफ्नाे नाम अमर गर्नुभएको छ । र वहाँकाे कामले पालिका अन्तर्गत पर्यटकीय क्षेत्र संरक्षण भएको बताउनु भएको हाे। यस्ता कलाकाे माध्यमबाट पालिकालाई कला र संस्कृतिको संरक्षण गरेर यसको व्यापक प्रचारप्रसार गर्दै पालिकालाई विश्वमा चिनाउने कुरामा जाेड दिनुभएको हाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले सरावलकाे वस्तिभित्रका हस्ति चित्रकार नर बहादुर रहेको बताउनु भएको हाे। वडा नम्बर ३ कलाकाे धनी रहेको बताउदै चित्रकार नर बहादुरले प्रधानमन्त्री केपि शर्मा अाेलिबाट सम्मान भएको याे एउटा गाैरभकाे कुरा रहेको बताउनु भएको हाे। अबकाे युवा यस्ता हस्तिबाट वहाँहरुकाे कला सिक्दै समग्र सरावल गाउँपालिकाकाे नाम अगाडि बढाउनुपर्ने कुरामा जाेड दिनुभएको हाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले गाउँपालिका विभिन्न विकासकाे कार्य गर्दै जादा सरावल गाउँपालिकाका पर्यटकीय र सांस्कृतिक सम्पत्तिलाई नर बहादुर बि.क ले प्रदर्शन गरेकाे याे पनि एउटा बिकास रहेको कुरामा जाेड दिनु भएको हाे। थारु संस्कृति ,यादव फरुवाहि नाच तथा पर्यटकीय क्षेत्रकाे विकास गर्दै गाउँपालिका चाैतर्फिक विकासमा अगाडि बढेको कुरामा जाेड दिनुभएको थियाे।

त्यस्तै बरिस्ठ चित्रकार मन गाेल्डिले सरावल गाउँपालिका उदाहरणीय काम गरिएको प्रशंसा ब्यक्त गर्दै कलाकार नर बहादुर सरावलकाे गाैरभ रहेको बताउनु भएको हाे।

चित्रकला प्रदर्शनीमा सरावल २ जावाकाे पर्यटकीय क्षेत्र काेलवृक्ष ,अत्रहटीकाे शिवालय मन्दिर,गाेबरहियाकाे काेटहि मन्दिर,बर्दघाटेकाे बर्दघाटे कालिका मन्दिर ,सिमसार क्षेत्र ,स्थानीय घर लढिया,थारु संस्कृति झुमडा नाच,यादव संस्कृति फरुवाहि नाच,अध्यक्ष राधेश्याम चाैधरी ,उपाध्यक्ष उत्तमा राय तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल लगाएतकाे चित्र बनाइ प्रदर्शन गरिएको हाे।

अन्तरास्ट्रिय स्तरसम्म ख्याली प्राप्त चित्रकार नर बहादुर बि.क ले प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण नवलपरासीको सरावल गाउँ सयौ वर्षदेखि तराईवासीहरुको संस्कृति र सम्पदाको पहिचानका रुपमा रहिरहेको बताउनु भएको हाे । बि.क ले मेरो जन्मभुमि सांस्कृतिक रुपमा सम्पन्न स्थान र म संस्कृति र प्रकृतिसंग रमाउन रुचाउने भएकाले मेरो पहिलो रोजाईमा मेरो गाउको सेरोफेरो पर्नु स्वभाविक नै भयो ।हुन त म कला सृजनाका लागि देशका अधिकांश भुभागको भ्रमण गरिसकेको छु जसमा सगरमाथा, बेस क्याम्प देखि महाकाली नदीको तिर सम्म रहेको छ । यद्यपि आफ्नो गाउँठाउमा केहि गर्न सकिन्छ कि भन्ने अभिलाषाले मलाई यो प्रदर्शनी गर्ने चाजोपाजो सरावल गाउँपालिकाले मिलाईदियो । मेरो कलामा यहाँहरुले सरावल गाउपालिका वरपरका अनेकौ कलात्मक बस्ती र
संस्कृतिक धरोहरहरु मठ मन्दिर र प्राकृतिक धरोहरहरुलाई समेटेको छु । यहि कलात्मक प्रदर्शनीले यस क्षेत्रलाई आन्तरिक र वाह्य पर्यटकका लागि यो प्रर्दशनीले थोरैमात्र पनि लोभ्याउन सकेको खण्डमा मेरो यो प्रयासले मुर्त रुप लिएको ठान्ने बताउनु भएको हाे । यस क्षेत्रको प्रचार प्रसार हुन सकेको खण्डमा यो क्षेत्रको विकासलाई कसैले रोक्न सक्दैन । यस कार्यलाई साथ र सहयोग दिनुहुने सरावल गाउँपालिका र सम्पूर्ण गाउँवासीलाई आभार व्यक्त गर्नुभएको हाे।

चित्रकला प्रदर्शनीमा सुनवल नगरपालिका कार्यपालिका सदस्य तथा वरिष्ठ चित्रकार दशरथ कुमाल,तिलाेतमा नगरपालिका कार्यपालिका सदस्य तथा वरिष्ठ चित्रकार एच.वि.रम्तेल,नेपाल पत्रकार महासंघका जिल्ला सचिव तथा चित्रकार राजकुमार रेश्मी, वडा नं.४ वडा सचिव अशोक पाण्डेय ,गाेबरहिया प्रहरी चाैकी ईन्चार्ज एलबि सेन्चुरी, प्याप्सन सरावल अध्यक्ष सुखाडि प्रसाद चाैधरी,बुद्ध ज्याेति प्रा.बि प्र.अ बिनाेद पाण्डेय लगाएतले सरावल गाउँपालिका चाैतर्फि विकास गर्दै कलाकाे माध्यमले यहाँका पर्यटकीय क्षेत्र संरक्षण गरेकोे कुरामा जाेड दिनुभएको थियाे।

कार्यक्रममा स्थानीय देखि राष्ट्रिय चित्रकारहरुकाे उपस्थिति रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot