शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप शुरु

तुलसी राम पौडेल /बुटवल ,पौष १०

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फर्साटिकर माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबारदेखि शुरु भयो। गेमको पहिलो दिन शुक्रबार सम्पन्न केरवानी स्पोर्ट्स क्लब देवदह र भैरब स्पोर्ट्स क्लब नवलपरासी बीच भएको खेल प्रतिस्पर्धामा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि भैरव स्पोर्ट्स क्लब नवलपरासीले केरवानी स्पोर्ट्स क्लब देवदहलाई सडेन डेथमा पराजित गरि विजयी भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका समेत गरि १६ वटा टोलिको सहभागिता रहेको छ।प्रतियोगितामा प्रथम हुनेले दुई लाख रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ्न ।
त्यसै गरि दोस्रो हुनेले एक लाख रुपैयाँँ ,सेमिफाइनल लिस्ट पन्ध्र हजार , सर्वोकृष्ट खेलाडीको लागि दस हजार ,उदयमान खेलाडीको लागि पाच हजार ,उत्कृष्ट गोलकिपरको र्लागि पाच हजार ,उत्कृष्ट रक्षकको लागि पाच हजार ,सर्वाधिक गोलकर्ताको लागि पाचहजार रुपैया पुरस्कार दिइने छ ।खेल पौष २५ गतेसम्म संचालन हुनेछ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले उक्त फर्साटिकर कपको उदघाटन गर्नु भएको थियो। सो अवसरमा बोल्दै उहाले फर्साटिकर युवा क्लबले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउनुपर्ने बताउनु भयो ।
फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको प्रमुख आतिथ्यता, वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल , क्लबका संरक्षक चक्रबहादुर कुवरको आतिथ्यता, क्लबका उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य ,खेल संयोजक टेकु भण्डारीबाट खेल सम्बन्धि जानकारी, प्रचार प्रसार संयोजक महेन्द्र गौतमको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष दामोदर पङ्गेनी ,वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot