९ पुस / हेटौँडा । इलाक प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाले मकैको अनलाइन बिल बनाई,अबैध मल ढुवानी गरिरहेको अवस्थामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र इप्रका पशुपतिनगरलाई आएको बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बुधबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रातोमाटे स्थित प्रहरी चेकिङस्थलमा बाराबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९८७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा मकै बोकेको भनेर फर्जी बिल बनाई मकैको चाङ भित्र लुकाइ लैजादै गरेको अबैध १९८ बोरा मल सहित ट्रक नियन्त्रणमा लिएको जनाइएको छ।नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारवाहीको लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय बारा पथलैया पठाइएको बुझिएको छ। उक्त ट्रक पथलैया स्थित राजश्व अनुसन्धान कार्यालयको चेक पोइन्ट पार गर्दे काठमाडौं जाने क्रममा मकवानपुर प्रहरीले टोलीले पक्राउ गर्न सफल भएको हो। यस अघि पनि राजश्व कार्यालयको सेटिङ्गमा छाडिएको गोरु बोकेको ट्रक इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयालाइ आवश्यक कारवाहीका लागि बुझाएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।