अजय पाठक / बाँके ८ पुस बाँकेको जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय संग उघम बिकास सम्बन्धी बिस्तृत रुपमा सूचना माग गरिएको छ । नील खबर अन्लाईनका बरिस्ठ सल्लाहकार राजेश मिश्रले गाउँ कार्यपालिका लुम्बिनी प्रदेशलाई सम्बोधन गर्दै आफ्नो अध्ययन प्रयोजनका लागि आवश्यक जानकारीको प्रमार्णित प्रतिलिपी उपलब्ध गराइ दिन बुधबार गाउँपालिकालाई निवेदन पेस गर्नु भएको हो । सूचनाको हक ऎन २०६४ को दफा ३ अनुसार कुनै पनि नागरिकले सम्बन्धित सरकारी नियम बमोजिम सूचना जान्न सरकारले हक र अधिकार सुनिश्चित गरेको छ । सोही बमोजिम उहाँले माग गरेका तपसिल बमोजिमको कागज उपलब्ध गराउन निवेदन गर्नु भएको हो । माग गरिएका कागजात निम्न अनुसारका छन : १) उघम बिकास सहजकर्ता करारमा पदपूर्तिका लागी बिज्ञापन गर्न त्यस कार्यालयले गरेको निर्णय, २) उघम बिकास सहजकर्ता पदपूर्तिका लागी छनोट समितिमा रहेका पदाधिकारी तथा व्यक्तिहरुको नाम, पद, योग्यता तथा अनुभव सम्बन्धि विवरण तथा निजहरुको सो छनोट समिती मा राख्ने भनी त्यस कार्यालयले गरेको निर्णय ३) उघम बिकास सहजकर्ता छनोट आधारहरु सम्बन्धि त्यस कार्यालयले गरेको निर्णय तथा ती आधारहरुको बिवरण ४) उघम बिआस सहजकर्ता पाँचौ तहमा सफल तथा बैकल्पिक उम्मेदवार कुन कुन शिर्षकमा कति कति अन्क प्राप्त गरेका छन सोको विवरण ५) त्यस कार्यालयद्वारा मिति २०७७/०८/२९ गतेको पत्र संख्या ०७७/७८ चलानी नम्बर ६०० अनुसार प्रकाशीत सूचनामा कम्पयुटर प्रयोगात्मक परिक्षा मिति ०७७/०८/३० गते बिहान ८:०० बजे देखि ९:०० सम्म १परिक्षाको नतिजाको विवरण ६) उघम बिकास सहजकर्ता पाँचौ तहमा सफल तथा बैकल्पिक उम्मेदवारहरुको नाम ठेगान, काम गरेको अनुभव अवधि तथा काम गरेको संस्थाहरुको नाम लगायतको सूचना पाउअ भन्ने बारे निवेदन गर्नु भएको हो राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।