नन्द किशोर कुर्मी , विजयनगर
कपिलवस्तु शिवराज नगरपालिका १० लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना , वडा न १० को सहयोगमा मंगलवारवाट तीन दिने पत्रकारीता तालीम सुरु भएको हो।
तालीमको लोसपा केन्द्रीय सदस्य रविदत मिश्राले उदघाटन गरेका छन । मिश्राले पत्रकारीताको मुल्य मान्यतामा रहेर पत्रकारीता गनुपर्ने वताएका छन । उनले पत्रकारीता समाजको ऐना भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने वताएका छन ।
वडा अध्यक्ष मन्जु मिश्राले पत्रकारीता तालीमवाट नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यत गरेकी छिन । अध्यक्ष मिश्राले सिकेको सिप व्यहवारमा ल्याउने गरी प्रशिक्षण लिन समेत सुझाएकी छिन । कार्यक्रम चिन्तास मिडिया नेटवर्क प्रालीका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन माधव वेल्वासेले गरेका थिए । तालीमको सहजीकरण पत्रकार महासंघका सहसचिव संजीव गहतराज र कपिलवस्तु प्रेस डट कमका संचालक प्रिन्स मिश्राले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

