काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ।
‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।
हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरूमा क्यान्सरले गर्दा मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दनौं ।
हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालीका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ। उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यानसरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।
साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

