नवलपरासी , २ फाल्गुन
पुर्वि नवलपरासीको विनय त्रिवेणी गाँउपालिका वडा नम्बर ६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा आज बिहान एक भारतिय नागरिकको मृत्यु भएको छ।
भारत उत्तरप्रदेश कुसिनगरका ५५ वर्षिय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो ।
मदारबाबा मेला जानका लागी पहाड चढ्ने क्रममा भारतिय नागरिकको मृत्यु भएको हाे ।
मुटुको रोगि रहेका उनलाई उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहि मृत्यु भएको प्रहरीले जनाएको छ । उनि आफ्ना छोरा संगै मदारबाबा मेला भर्न आएका थिए । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्रको रुपमा रहेको मदार थान मेलामा भक्तजनहरुको घुईँचो छ । माघ २७ गते देखि सुरु भएको मेला फागुन ६ गते सम्म चल्ने छ ।
बाक्लो भिडका कारण मदार थान सम्म जान उकालो पहाड चढ्नु पर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारी देखि बाबाको मुख्य मजार सम्म पुग्न ९ किलोमिटर पैदल हिड्नुपर्छ । यस वर्ष करिब दश लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटिले जनाएको छ । मदार बाबा मुस्लिम समुदायका गुरु रहेपनि सबैका प्रतिष्ठानको रुपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाै हिन्दुहरुले वर्षोँदेखि पुजा गर्दे आएका छन् । त्यसैले यस्लाई हिन्दु र मुस्लिमको साझा आस्थाको केन्द्रको रुपमा लिने गरिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

