Rashtriya Dainik

नेपाल शिक्षक संघ सियारीको अध्यक्षमा भुपेन्द्र आचार्य

तुलसीराम पौडेल /सियारी, २ फाल्गुन
नेपाल शिक्षक संघ सियारी गाउँपालिकाको अध्यक्षमा भुपेन्द्र आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नेपाल शिक्षक संघ सियारीको चौथो गाउँ प्रतिनिधि सभा तथा दोस्रो अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।त्यसै गरि नेपाल शिक्षक संघ सियारीको महिला उपाध्यक्षमा निरु शर्मा ,उपाध्यक्षमा बासुदेव वेलबासे , सचिबमा विश्वनाथ ढाडी ,अर्थ सचीव विनोद कुमार यादव ,सहसचिव दिपक कुमार पौडेल ,महिला सहसचिव तारा गुप्ता ,अर्थ सहसचिव सन्दिप यादव ,समाबेशी सह सचिव संगीता बनिया,उमेश यादव सर्वसम्मत हुनुभएको छ।वडागत सदस्यहरुमा वाड नम्बर -७ बाट राम अवतार यादव ,वाड नम्बर -५ वाट सृजना भट्टराई ,वाड नम्बर -६ बाट बिष्णु माया रेग्मी चयन हुनुभएको छ। सदस्यहरुमा रविन्द्रकुमार पौडेल ,राम अचल यादव ,मनु आचार्य ,चन्द्रावती भट्टराई निर्वाचित हुनुभएको छ।

नेपाल शिक्षक संघ सियारीका निवर्तमान कार्यबाहक अध्यक्ष जानकी देवि तिवारीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष तारा चौधरीको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने ,नेपाल शिक्षक संघ जिल्ला समिति अर्थ सचीव बिश्वनाथ न्यौपाने ,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश उपमहासचिव मथुवात रा यादव नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी ,नेपाल शिक्षक महासंघ रुपन्देहीका सचिव लिलाधर न्यौपाने ,प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने ,ट्रेड युनियन काङ्ग्रेसका सचीव हिम बहादुर केसी ,नेपाल शिक्षक महा संघ सियारीका अध्यक्ष रिसिराम घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।निवर्तमान सहसचिव वासुदेव ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन निवर्तमान सचीव चतुर्भुज पन्थले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित