Rashtriya Dainik

नवलपरासीको बर्दघाट नगरका १८ वटा विद्यालयहरुलाई स्पष्टिकरण सोंधिदै ।

कृष्ण ढकाल /नवलपरासी ,१ फाल्गुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगरका १८ वटा विद्यालयहरुलाई स्पष्टिकरण सोध्ने भएको छ ।

बर्दघाट नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु गरी कुल ६२ वटा विद्यालयहरु मध्ये १८ वटा विद्यालयहरुले नगरले संचालन गरेको श्रुतिलेखन प्रतियोगितामा बिद्यार्थीहरुलाई सहभागि नगराएका कारण स्पष्टिकरण सोध्ने भएको छ ।

बर्दघाट नगरपालिकाले नगरका सबै विद्यालयहरुलाई पत्राचार गरेर नगरले संचालन गरेको उक्त प्रतियोगितामा १८ विद्यालयहरुले बालबालिबाहरुको प्रतियोगितामा भाग लिन पाउने अधिकारलाई बन्चीत गरेको भन्दै स्पटिकरण सोध्ने र मनासिफ जवाफ नआएमा कार्वाहि समेत गर्ने बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।

कक्षा ४ र ५ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरीएको श्रुतिलेखन प्रतियोगितावाट बिद्यार्थीको मानसिक तथा ब्यवहारी ज्ञान र सिपको वृद्धिविकास हुने हेतुले उक्त प्रतियोगिता आयोजना गरीएको शाखा प्रमुख पन्थीले बताउनु भएको छ ।

बिद्यार्थीहरुलाई पढाईका अलावा बिभिन्न प्रकारका ज्ञानव्रद्धर्क कुराहरुको सिप सिकाईका लागि बिभिन्न प्रकारका गतीविधिहरु संचालन गरीएको उहांको भनाई रहेको थियो ।

अईतवार अर्थात आज भएको श्रुतिलेखन प्रतियोगितामा बर्दघाट नगरका ४१ वटा विद्यालयहरुका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित