जनन्योचित व्यवस्था स्थापनार्थ एकतावद्ध संघर्षको आह्वान भिम बहादुर बिक कैलाली । प्रतिनिधि सभा (संसद) विघटनको लागि केपी ओली सरकारको मन्त्रीमण्डलले सिफारिस गर्नु र त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकहिन ढंगले सोझै सहि छाप लगाउनु गम्भीर प्रतिगामी सड्यन्त्र भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सार्वजनिक रुपमा विरोध जनाएको छ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले आज प्रेस वक्तव्य मार्फत संसद विघटनबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको हो । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रदेश इन्चार्ज रंगनाथ ढकाल र पार्टी स्थायी समिति सदस्य तथा प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा उक्त वक्तव्य जारी गरिएको छ । माओवादी केन्द्रले नेपाली जनताको त्याग तपस्या र बलिदानीपूर्ण इतिहासबाट मुलुक लोकतान्त्रीक गणतन्त्रसम्म पुग्नुलाई उपलब्धीको रुपमा लिदैं परिवर्तनका बाँकी कार्यभार पुरा गर्न अघि बढ्नुपर्नेमा के.पी शर्मा ओली नेतृत्वको सरकारले जनताले दिएको म्याण्डेट र समर्थनको खिलाफमा, सामाजिक परिवर्तनको विरुद्धमा प्रतिगामी हर्कत अघि बढाएको आरोप लगाएको छ । आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै, जनन्यायीक राज्यव्यवस्था स्थापनाको प्रकृयामा पछिल्लो समयमा नेपाली जनसमूदायको मत बढ्दै गएकोमा, विभिन्न साम्राज्यवादी विस्तारवादी शक्तिकेन्द्रहरुको योजनाबाट संसद विघटन गरिएको माओवादी केन्द्रले जनाएको छ । वक्तव्यमा भनिएको छ–‘वर्तमान कम्युनिष्ट नामधारी सरकार आफैले प्रतिनिधि सभा (संसद) विघटनको गरेको छ, यो सामान्य घटना होइन । इतिहासमा यसको निर्मम समिक्षा र अपराधको सार्वजनिक घोषणा हुने नै छ । साथै राष्ट्रपतिले विवेकहिन ढंगले सरकारको सिफारिसमा सही छाप हान्नु, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोक्नु सबै पश्चगामी, निरंकुश, स्वच्छाचारी र असंवैधानीक कदह रहेको हाम्रो ठहर छ ।’ माओवादी केन्द्रले संसदको विघटनको घटनाले संसदवादको असफलताको पुष्टि गरेको तर्क गर्दै आन्दोलनबाट प्राप्त उपलब्धीलाई ओली सरकारको प्रतिगामी कदमले गुमाउने सम्भावनाप्रति सचेत हुँदै जनन्यायीक राज्यसत्ताँ स्थापनार्थ संघर्षको प्रकृयामा जुट्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, बामपन्थी एवं परिवर्तनकारी शक्तिहरुलाई आह्वान गरेको छ । बाँकी वक्तव्यको पूर्णपाठ यस्तो छ….. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति संसद विघटनः संसदवादको असफलता, ओली सरकारको प्रतिगामी कदम नेपाली जनताको त्याग तपस्या र बलिदानीपूर्ण इतिहासबाट मुलुक लोकतान्त्रीक गणतन्त्रसम्म पुग्नुलाई उपलब्धीको रुपमा लिदैं परिवर्तनका बाँकी कार्यभार पुरा गर्न अघि बढ्नुपर्नेमा के.पी शर्मा ओली नेतृत्वको सरकारले जनताले दिएको म्याण्डेट र समर्थनको खिलाफमा, सामाजिक परिवर्तनको विरुद्धमा जसरी आफ्नो प्रतिगामी हर्कत अघि बढाएको छ, त्यसप्रति हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण एवं विरोध रहेको विषय सार्वजनिक गर्दछौं । आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै, जनन्यायीक राज्यव्यवस्था स्थापनाको प्रकृयामा नेपाली जनसमूदायको मत बढ्दै गएको पछिल्लो अवस्थामा, विभिन्न साम्राज्यवादी विस्तारवादी शक्तिकेन्द्रहरुको योजनाबाट जसरी वर्तमान कम्युनिष्ट नामधारी सरकार आफैले प्रतिनिधि सभा (संसद) विघटनको गरेको छ, यो सामान्य घटना होइन । इतिहासमा यसको निर्मम समिक्षा र अपराधको सार्वजनिक घोषणा हुने नै छ । हिजो २०७७ पुष ५ गते बिहान मन्त्रीमण्डलको बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओली सरकारले गरेको संसद विघटनको सिफारिसमा राष्ट्रपतिले विवेकहिन ढंगले सही छाप हान्नु, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोक्नु सबै पश्चगामी, निरंकुश, स्वच्छाचारी र असंवैधानीक कदह रहेको हाम्रो ठहर छ । राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्बन्धी समस्याहरुको समाधानमा सरकार जुट्दै, जनअपेक्षा अनुसारको परिवर्तनको दिशातिर केन्द्रीत हुनुपर्नेमा अन्तरपार्टीको कलह र सनकबाट मुलुकलाई अनिर्णयको बन्धक बनाउन उद्दत हुनु दुखत हो, जनताको समर्थनको गम्भीर अपमान हो । मुलुकमा विद्यमान समस्याहरुको कारण सारमा वर्तमान प्रतिक्रियावादी, संसदवादी राज्यसत्ता, व्यवस्था असफलताको परिणाम भएको विषय समेत यो घटनाले पुष्टि गरेको छ । स्वयम् संसदीय सरकारले संसदीय व्यवस्था असफल पुष्टि गरिसकेको अवस्थामा अर्को निर्वाचनको भ्रामक प्रचारवाजीबाट सतर्क रहदैं जनताको न्यायोचित व्यवस्थाका लागि सचेतन पहलकदमी लिनु अहिलेको आवश्यकता हुने देखिन्छ । तसर्थ सरकारको प्रतिगामी सड्यन्त्रका विरुद्ध तथा जनन्यायोचित राज्यव्यवस्था स्थापनार्थ सम्पूर्ण देशभक्त, क्रान्तिकारी, बामपन्थी, राष्ट्रप्रेमि एवं परिवर्तनका पक्षधर शक्तिहरु र आम जनसमूदायलाई एकतावद्ध संघर्षमा जुट्न नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति विशेष आह्वान गर्दछौं । अभिवादन सहित !! मितिः २०७७ पुष ६ गते । …….. …….. क. लोकेश क. रंगनाथ ढकाल स्थायी समिति सदस्य एवं प्रदेश संयोजक उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र) राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।