Rashtriya Dainik

आगामी फागुन १ गतेदेखि विद्यालय र कार्यालयमा ई-हाजिरी प्रशासन संवाददाता

काठमाडौँ । चन्द्रनगर गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयमा आगामी फागुन १ गतेदेखि ई-हाजिरीको व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका सम्पूर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य ई-हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको हो ।

प्रत्येक महिना ई-हाजिरीमा गयल देखिएको दिनको नियम अनुसारको कागजातसहित उचित कारण नभएको अवस्थामा गयल कट्टी हुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई-हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालय प्रधानाध्यापक हुनेछन् ।

ई–हाजिरी मेसिनमा कुनै समस्या देखिए गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।

सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने बताउँदै यस सम्बन्धी ढिलासुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

जनतालाई सेवा प्रदान गर्ने काममा कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरी गुणस्तरीय सेवा प्रवाह गर्नेमा गाउँपालिकाले विश्वास लिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित