बाँके: कोहलपुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ ।
कोहलपुर नगरपालिका –११ स्थित रेडक्रस चोक पछाडि सडक छेउमा फोहोर फाल्नेक्रममा नमस्ते मिटअप पसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगरप्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।
पोखरेलले भे५प ४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक छेउमा फाल्दै गरेको अवस्थामा नगरप्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । पोखरेललाई फोहोर मैला तथा व्यवस्थापन ऐन २०६८ अनुसार ५ हजार जरिवाना गरिएको छ । कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरेको छ । त्यसका लागि नगरप्रहरीले गस्ती समेत गर्दै आएको छ ।
यसअघि कोहलपुर नगरपालिकाले जथाभावी फोहोर नफाल्न सूचना तथा माइकिङ नै गर्दै आएको थियो । तर, नगरपालिकाको आग्रहलाई अटेरी गरि सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।
कोहलपुर नगरपालिकाले नगर क्षेत्रलाई सफा तथा सुन्दर बनाउन फोहोरमुक्त अभियान सुरु गरेको छ । नगरप्रहरीले यसअघि बसपार्क, पर्यटन बोर्ड कार्यालय, एनसिसिएन क्षेत्रको फोहोर आफै सफाइ गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

