Rashtriya Dainik

नवलपरासीमा लाग्ने मदार बाबा मेला विधिवत रुपमा शुक्रबार देखी सुरु

अारपि उपाध्याय / नवलपरासी , २७
नवलपरासीमा लाग्ने मदार बाबा मेला विधिवत रुपमा शुक्रबार देखी सुरु भएको छ । मदार बाबा मेला ब्यवस्थापन कार्य, पिठाधिशलाई मदार स्थानमा आरोहण गराउने कार्यमा दुई पक्ष बीच विवाद चुलिएपछि सहमतीको अनेकौ प्रयास गर्दा पनि निकास ननिस्किदा आजै एक सर्वपक्षिय भेला पनि सम्पन्न भएको छ । पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ प्रसैयामा बसेको सर्व पक्षिय बैठकले महलबारी मस्जिदका पिठाधिश अमरुल्लाह अंसारी र मदार स्थान पुगिसकेका अर्का बाबा हनिक अंसारीलाई मेला अवधिभरि आलो पालो गरि पिठाधिश तोक्ने सहमति भएको विनयी त्रिबेणी वडा न्मबर ६ का वडाध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ । पुर्वी र पश्चिम नवलपरासीका सुरक्षा अधिकारी, स्थानिय जनप्रतिनिधि, मुस्लिम अगुवाहरु लगाएतको उपस्थिती रहेको भेलाले मेलामा उठेको रकम पारदर्शी गर्नुपर्ने, मेला अवधिभरि स्वंयसेवक तोक्ने, र समिति तथा सुरक्षा निकायलाई आवास तथा अन्य प्रबन्ध मिलाउने निर्णय भएको समितिका अध्यक्ष लाल मोहम्मद अंसारीले जानकारी दिनुभएको छ । अर्को तर्फ मदार बाबा मेलाका तदर्थ समितिका संयोजक मुनिर अंसारीले सर्व पक्षिय भेलाले बाबा तोकिएको निर्णय बाहेक अन्य निर्णय मान्य हुने फरक मत राख्दै निर्णय पुस्तिका हस्ताक्षर गर्न अस्विकार गर्नुभएको छ। अंसारीले आफुहरुले बाबा तोकेर पठाइसकेको हुदा अब आलो पालोको कुनै कुरा मान्य नहुने बताउनुभएको छ । मदारबाबा मेला माघ २७ गतेदेखी सुरु भई फागुन महिनाको महाशिवरात्रि सम्म लाग्ने गर्दछ । मेलामा भक्तजनहरूलाई सरल, सुलभ र भब्य बनाउनको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १ सय ६० जना सुरक्षा कर्मीहरुलाई परिचालन गरिएको छ । साथै करिब १ सय जना स्वयंसेवक, दुई ठाउँमा स्वास्थ्य शिविर, बिस वटा सार्वजनिक शौचालय, नयाँ बाटो निर्माण, लगायत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्था गरिएको आयोजकले जनाएको छ । महलवारी बजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुँदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्न निकै कठिन हुने गर्दछ । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गरेको पनि पाइन्छ। बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ । मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउँहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित